नेभिगेशन
मनोरञ्जन

पर्वत समाज दक्षिण कोरियाको बृहत् सांस्कृतिक तथा बनभोज कार्यक्रमको प्रचार प्रसार व्यापक

दक्षिण कोरिया

दक्षिण कोरियामा सक्रिय पर्वत समाज दक्षिण कोरियाले दुई दिने बृहद सांस्कृतिक कायृक्रम तथा भेटघाट र बनभोज कार्यक्रम २०२४ को प्रचार प्रसार  व्यापकभैरहेको समाजका महासचिव डा. कमला केसीले बताउनु भएको छ।

IMG_2928-1721655112.JPG

IMG_2983-1721655153.JPG
आगामी अगस्ट महिनाको ३ र ४ तारीकका दिन दुई दिन सम्म “बृहत सांस्कृतिक, भेटघाट तथा बनभोज कार्यक्रम २०२४” आयोजना गर्न लागिएको हो। कार्यक्रम अतिनै शान्त रमानिय स्थल खाफ्याङ्ग गुन, छाङ फ्योङ्ग मेन, देसङरी नामिटखिल ६ नामिटमिन फाकमा सञ्चालन गर्न लागेको हो ।

कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदी बहीनीहरुबीच आपसी सद्भाव र मेलमिलापको विकास गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष दिपक केसीले जानकारी दिनु भएको छ।

IMG_2917-1721655241.JPG

IMG_2856-1721655280.jpg
विशेषगरी दक्षिण कोरिया स्थित विभिन्न पेशा व्यवासायमा आबद्ध पर्वतबासि दाजुभाई दिदिबहिनी विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको  अध्यक्ष केसीले बताउनु भएको छ। कार्यक्रममा लोक दोहोरी गायक तथा सर्जक प्रमोद भुषाल, अमृत चापागाई, सञ्जोक भुषालले प्रस्तुती दिनेछन् । यस्तै र्याप गायक आर्नस केसी (भान्जा), लोक दोहोरी गायिका अनु अधिकारी र विपना अधिकारीको प्रस्तुती रहने छ । कार्यक्रममा सहभागीता जनाउन पुरुषलाई ९० हजार वन, महिलालाई ७० हजार वन र कपललाई एक लाख ५० हजार वन शुल्क तोकिएको छ।साथै आयोजकले सम्पुर्ण  पर्वतेली दाजुभाई दिदीबहिनी साथै नेपालीहरुमा पनि अनुरोध गरेको छ ।

IMG_2930-1721655344.JPG
IMG_2981-1721655571.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन