नेभिगेशन
नेपाल गतिविधी

मकवानपुरको पाथीभरा मन्दिर छत्रेडाँडामा दुई दिने महोत्सव हुने

हेटौँडा / पाथीभरा मन्दिर छत्रेडाँडामा दुई दिने पाथीभरा महोत्सव हुने भएको छ । ताप्लेजुङमा आवस्थित पाथीभरा देवी मकवानपुर जिल्लाको मकवानपुरगढी ८ छत्रेडाँडामा अवस्थित पाथीभरा दिव्य धाममा उत्पत्ति भएर गौरवमय दोस्रो वर्ष पुरा भएर तेस्रो वर्षमा प्रवेश गरेको शुभ अवसरमा दोस्रो पाथीभरा महोत्सव आयोजना गरिएको मन्दिरको संरक्षक तथा पुजारी दिपक सिंह रुम्बाले जानकारी दिनु भएको छ ।

यहि चैत्र ३० गते र बैशाख १ गते नयाँ वर्षको दिन हुने दुई दिवसिय महोत्सवमा बिभिन्न झाँकी सहित, पुजापाठ, सामुहिक हवन, भजनकिर्तन, ध्यान साधना, दीप प्रज्वलन र विविध मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकको भनाई छ ।

पुजारी रुम्बाको सपनामा बारम्बार देखाए पछि जमिन भित्रबाट पञ्चकन्या पाथीभरा भगवती देवीको शिलाको उत्खनन गरेर निकाले पश्चात २०८१ साल नयाँ वर्षको दिनदेखि पुजा सुरु गरेको कारण हरेक बैशाख १ गते नयाँ वर्षको दिन जन्मोत्सवको रुपमा भव्य कार्यक्रम गरि मनाउँदै आएको रुम्बाको भनाई छ ।

पछिल्लो समय पाथीभरा दिव्य धाम छत्रेडाँडा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । महोत्सवमा मकवानपुर लगायत आसपासका जिल्लाबाट भक्तजनको बाक्लो उपस्थिति रहने आयोजकको भनाई छ ।

IMG_0897-1775473116.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल गतिविधी