नेभिगेशन
नेपाल गतिविधी

सहयोग अपिल: ९ वर्षीया नानी रियानीको जीवन बचाउन पुकार

भीमफेदी, मकवानपुर

2030-2-1775472866.JPG
 

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ५,बारबिसेकी ९ वर्षीया नानी रियानी स्याङ्बो हाल काठमाडौँस्थित बी.एन.बी. (B&B) हस्पिटलमा जीवन र मरणको दोसाँधमा छिन्।

गोठालो गएको समयमा माथिबाट खसेको ठूलो ढुङ्गाले थिच्दा रियानीको खुट्टा किचिएर पूर्ण रूपमा चकनाचुर भएको छ। आकस्मिक रूपमा घटेको यो दर्दनाक घटनाले कलिलो उमेरकी नानीको स्वास्थ्य अवस्था निकै गम्भीर बनाएको छ।

हाल बी.एन.बी. हस्पिटलमा उपचार भइरहेको र शल्यक्रिया लगायतका प्रक्रियामा ठूलो रकम खर्च हुने देखिएको छ। परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचार खर्च जुटाउन परिवार पूर्णत असमर्थ छ।

"सानो सहयोग, ठूलो राहत"हाम्रो सानो सहयोगले रियानीले नयाँ जीवन पाउन सक्छिन्। त्यसैले, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण मनकारी महानुभावहरूलाई आफ्नो गच्छे अनुसार सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।

सहयोग गर्न चाहनुहुने महानुभावहरूले तल दिइएको बैंक खातामा सिधै रकम जम्मा गर्न सक्नुहुनेछ:

बैंकको नाम: प्रभु बैंक (Prabhu Bank)

खातावालाको नाम: शंकर लामा (Shankar Lama)

खाता नम्बर: 2557054491000018

(सहयोगका लागि तलको QR Code पनि स्क्यान गर्न सक्नुहुन्छ)

67520e81fb3dbb031db12b31059030ee-1775638254.JPEG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल गतिविधी