नेभिगेशन
नेपाल गतिविधी

उज्यालो नेपाल पार्टी कुनै पनि दलसँग एकीकरण नगर्ने : अध्यक्ष कुलमान घिसिङको स्पष्टोक्ति

काठमाडौँ ,उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी एकीकरणसम्बन्धी सामाजिक सञ्जालमा फैलाइएका हल्लाहरू पूर्ण रूपमा भ्रामक र असत्य भएको स्पष्ट पार्नुभएको छ।

अध्यक्ष कुलमान घिसिङको नाम जोड्दै उज्यालो नेपाल पार्टी नेपाली कम्युनिस्ट पार्टीलगायत अन्य राजनीतिक दलहरूसँग एकीकरण हुन लागेको भन्ने खबरहरू पछिल्लो समय सामाजिक सञ्जालमा फैलिरहेका छन्। तर ती सम्पूर्ण समाचारहरू तथ्यहीन, आधारहीन तथा भ्रामक रहेको उहाँले बताउनुभयो।

अध्यक्ष घिसिङले जारी गर्नुभएको स्पष्टिकरणमा भन्नुभएको छ,“उज्यालो नेपाल पार्टी कुनै पनि राजनीतिक दलसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अघि बढिरहेको छ र भविष्यमा पनि यही मार्गलाई निरन्तरता दिनेछ।”

उहाँले यस्ता निराधार हल्लामा विश्वास नगर्न सम्पूर्ण समर्थक, शुभेच्छुक तथा आम नागरिकहरूलाई आग्रह गर्नुभएको छ र आधिकारिक जानकारीका लागि पार्टीका औपचारिक माध्यमहरूबाट मात्र सूचना लिन अनुरोध गर्नुभएको छ।

उज्यालो नेपाल पार्टीले आगामी दिनहरूमा संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनमुखी कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल गतिविधी