नेभिगेशन
नेपाल गतिविधी

मकवानपुरका पालिकालाई १ अर्ब २८ करोड ५२ लाख अनुदान सिफारिस, भीमफेदी गाउँपालिकाले पाउने १० करोड ६२ लाख

भीमफेदी खबर संवाददाता ,मकवानपुर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि मकवानपुरका १० स्थानीय तहलाई कुल १ अर्ब २८ करोड ५२ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ। यो रकम चालु आर्थिक वर्ष २०८२/०८३ को तुलनामा १ करोड ४१ लाख रुपैयाँले बढी हो।

3d9137ffd8d642984aa8e49cd86508c1-1775469858.JPEG
कुल बजेट १० वटा स्थानीय तहका लागि १ अर्ब २८ करोड ५२ लाख रुपैयाँरहेको छ। गत बर्ष भन्दा ​तुलनात्मक वृद्धि गत वर्षको १ अर्ब २७ करोड ११ लाखको तुलनामा यस वर्ष बजेट केही बढेर आएको छ।पालिकागत अवस्था अनुसार जिल्लाका १० पालिकाहरू मध्ये मकवानपुरगढी गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहको अनुदान बजेटमा वृद्धि भएको छ।

भीमफेदी गाउँपालिकाका लागि आगामी आर्थिक वर्षका लागि १० करोड ६२ लाख रुपैयाँ बजेट सिफारिस भएको छ। यो रकम चालु आर्थिक वर्षको विनियोजित बजेट (१० करोड ५२ लाख) को तुलनामा १० लाख रुपैयाँले बढी हो।

आयोगले स्थानीय तहको कार्यसम्पादन, जनसंख्या, क्षेत्रफल र विकासका सूचकहरूका आधारमा प्रत्येक वर्ष यस्तो अनुदान सिफारिस गर्ने गर्दछ।​​आयोगले स्थानीय तहको कार्यसम्पादन, जनसंख्या, क्षेत्रफल र विकासका सूचकहरूका आधारमा प्रत्येक वर्ष यस्तो अनुदान सिफारिस गर्ने गर्दछ।

2030-2-1775472866.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल गतिविधी