नेभिगेशन
अन्तर्राष्ट्रिय समाचार

कोरियाली राजनीतिकमा नयाँ तरंग ;पूर्व सत्तारूढ दलका नेताहरूले इजे-म्योङलाई समर्थन

सौल —यतिबेला दक्षिण कोरिया चुनावी माहोलले तातेको छ।राष्ट्रपति युन सुक योलको वर्खास्त पछी कोरियाको लागि नयाँ राष्ट्रपतिको चुनाव नजिकिदै गर्दा दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार इजे-म्योङ प्रति पूर्व सत्तारूढ दल “कुकमिनहिम” (People Power Party) का केही प्रमुख नेताहरूले समर्थन जनाएपछि देशको राजनीतिक क्षेत्रमा ठूलो तरंग सिर्जना भएको छ।

IMG_6748-1747732237.JPG

ह्यो युन आ (허은아) ले कुकमिनहिमकी पूर्व प्रमुख प्रवक्ताले सौलको योङ्दुङपोमा आयोजित चुनावी  र्यालीमा सहभागिता जनाउँदै भनिन्  कुकमिनहिम र 개혁신당 (गैह्योक शिन्दाङ) जस्ता दलहरू झूटा सुधारवादी र झूटा रक्षक थिए।उनले इजे-म्योङको स्थिर नेतृत्व र कार्यान्वयन क्षमताको प्रशंसा गरिन्।त्यसैगरी किम सांग उक (김상욱) पूर्व सांसद किमले छाल्लाबुक्दोको ईगसानमा आयोजित आमसभामा बोल्दै  इजे-म्योङलाई साँचो रक्षक मूल्यको प्रतिनिधि भन्दै डेमोक्रेटिक पार्टीमा औपचारिक रूपमा प्रवेश गरे।किम योंग नाम (김용남) ले क्वाङ्जुमा आयोजित र्यालीमा इजे-म्योङलाई “पूर्व राष्ट्रपति किम डे-जुङको अधूरो सपना पूरा गर्ने नेता” भनेर उल्लेख गरे।

IMG_6749-1747732291.JPGविपक्षी  नेता जो उङ चन (조응천)  पूर्व सांसद जोले यस्ता राजनीतिक फेरबदलले न्यायालयलाई दबाब दिने प्रयास भइरहेको भन्दै आलोचना गरे।वकिल सोंग यङ हुन (송영훈) उनले भने, “डेमोक्रेटिक पार्टी अहिले ‘चराहरूको बासस्थान’ जस्तै भएको छ,” र पार्टीले कानून र विधिको सम्मान गर्ने आफ्नो दृष्टिकोण गुमाएको आरोप लगाए।

IMG_6750-1747732321.JPG
यी घटनाहरूले दक्षिण कोरियाली राजनीतिमा दुईवटा संकेत गर्दछ की एकातिर परम्परागत दक्षिणपन्थी खेमामा असन्तुष्टि र विभाजन, अर्कोतर्फ इजे-म्योङको लोकप्रियता र प्रभाव विस्तार हुँदै गएको बुझ्न सकिन्छ।राष्ट्रपति युन सुक योलको वर्खास्त पछी कोरियाको लागि नयाँ राष्ट्रपतिको चुनाव अगामी जुन ३ तारिक हुने भएको छ।

स्रोत ;कोरिया न्यूज एजेन्सी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्राष्ट्रिय समाचार