नेभिगेशन
फुटसल

७ औं बुद्ध जयन्ती फुटसल कप–२०२६ को उपाधि नेपाल तामाङ घेदुङ सउल एफसी लाई

दक्षिण कोरियामा आयोजित ७ औं बुद्ध जयन्ती फुटसल कप–२०२६ को उपाधि नेपाल तामाङ घेदुङ सउल एफसी ले जितेको छ। नेपाल तामाङ घेदुङ ख्याङसाङ बुसान शाखा द्वारा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा नाम्जी एफसी ‘A’ लाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्दै घेदुङ सउल एफसी च्याम्पियन बनेको हो।

३२ टोली सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको घेदुङ सउल एफसीले नगद ३५ लाख वनसहित ट्रफी हात पारेको छ। उपविजेता बनेको नाम्जी एफसी A ले २० लाख वन नगद तथा ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ।

IMG_1635-1779662994.jpg
प्रतियोगितामा नाम्जी एफसीका आशिक श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। त्यसैगरी घेदुङ सउल एफसीका सन्देश गुरुङ उत्कृष्ट गोलरक्षक बन्न सफल भए भने घेदुङकै सन्दीप भण्डारीले प्रतियोगिताभर १२ गोल गर्दै हाई स्कोररको उपाधि हात पारे। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा हाई स्कोररतर्फ विजेताहरूले जनही १ लाख वन नगद र मेडल प्राप्त गरेका थिए।

आयोजकका अनुसार बुद्ध जयन्ती कप फुटसल प्रतियोगिताबाट संकलित रकम महिला आवास गृह “नाना आङा धिम” सञ्चालनका लागि प्रयोग गरिनेछ। प्रतियोगिता दक्षिण कोरियाको किमहे सिटी उगेरीस्थित खेल मैदानमा सम्पन्न भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फुटसल