नेभिगेशन
फुटसल

Hwaseong NFC फुटसल कप–२०२६ अप्रिल १९ मा हुँदै!विजेतालाई ३५ लाख वन पुरस्कार, दर्ता खुला

दक्षिण कोरिया न्युज किनारा सम्वादाता;

दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूका लागि खुसीको खबर आएको छ।  Hwaseong NFC फुटबल क्लब को आयोजनामा “2nd Hwaseong NFC Futsal Cup–2026” आगामी अप्रिल १९, २०२६ मा आयोजना हुने भएको छ।

प्रतियोगिता कोरियाको छनान सिटी (Cheonan) मा रहेको मैच अप फुटसल फिल्ड मा सञ्चालन गरिने आयोजकले जनाएको छ।

IMG_0897-1775473116.JPG
प्रतियोगितामा सहभागी टिमहरूका लागि आकर्षक पुरस्कार व्यवस्था गरिएको छ।जसअनुसार:विजेताले₩3,500,000 उपविजेताले ₩2,000,000 र सेमिफाइनलिस्टले ₩400,000पाउनेछ्न भने  बेस्ट प्लेयर / बेस्ट गोलकिपर / टप स्कोरर प्रत्येकलाई ₩100,000 पाउनेछ्न।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूका लागि प्रवेश शुल्क ₩350,000 तोकिएको छ भने दर्ता गर्ने अन्तिम मिति अप्रिल १२, २०२६ रहेको छ।आयोजकका अनुसार प्रतियोगिताले प्रवासमा रहेका नेपालीबीच एकता, मनोरञ्जन र स्वास्थ्यप्रति जागरूकता बढाउने उद्देश्य लिएको छ।इच्छुक टिमहरूले पोस्टरमा उल्लेखित सम्पर्क नम्बर मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

2030-2-1775472866.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फुटसल