नेभिगेशन
मार्सल आर्ट

बुसानमा नेपालको शानदार प्रदर्शन, १ स्वर्णसहित ५ पदक जित्दै अन्तर्राष्ट्रिय करातेमा चम्कियो नेपाल

दक्षिण कोरियाको बुसानमा जुलाई ११–१२ मा सम्पन्न 18th Korea Open International Karate-Do Championship मा नेपालले १ स्वर्ण र ४ कांस्यसहित कुल ५ पदक जित्दै उत्कृष्ट उपलब्धि हासिल गरेको छ।

दक्षिण कोरिया र नेपालसहित १५ भन्दा बढी राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतिष्ठित प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै देशको गौरव बढाएका हुन्।

नेपालका जमन सिंह गुरुङले पुरुष सिनियर काता विधामा स्वर्ण पदक जित्दै नेपालको शिर उच्च बनाएका छन्। उनले ७५ केजी कुमिते तर्फ पनि कांस्य पदक जित्दै व्यक्तिगत रूपमा दुई पदक आफ्नो नाममा दर्ता गराए।

IMG_2181-1784633351.JPG
त्यसैगरी आशिष धामी ले –८४ केजी कुमिते मा कांस्य पदक जिते भने सृष्टि श्रेष्ठ ले १२ वर्षमुनिको उमेर समूह अन्तर्गत काता र कुमिते दुवै विधामा कांस्य पदक जित्दै दुई पदक हात पारिन्।

यससँगै नेपालले प्रतियोगितामा १ स्वर्ण र ४ कांस्यसहित कुल ५ पदक जित्दै अन्तर्राष्ट्रिय करातेमा आफ्नो सशक्त उपस्थिति दर्ज गराएको छ। विदेशी भूमिमा नेपाली खेलाडीहरूले हासिल गरेको यो सफलता नेपाली करातेको बढ्दो स्तर, क्षमता र उज्ज्वल भविष्यको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मार्सल आर्ट