नेभिगेशन
मार्सल आर्ट

नेपालकी रमिला लामाले कोरियामा जितिन् स्वर्ण पदक

दक्षिण कोरिया,२०२५ सङनाम ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी नेपालकी रमिला लामाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छिन्।कोरियामा जारी देइगु वर्ल्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपको पुम्सेअन्तर्गत ३० वर्ष मुनीको उमेर समूहमा उनले कोरियाली खेलाडीलाई हराइन्।

IMG_7598-1752937385.JPG
काभ्रेको बेथानचोक गाउँपालिका-५ टाङ्गी टोल निवासी लामा  नेपाल पुलिस क्लबमा अबद्ध  रमिलाले कोरियाको सङनाम सहरमा आयोजित उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा गर्वका साथ फहराएकी हुन्। प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए, तर रोमिलाले आफ्नो निपुणता, आत्मविश्वास, र मेहनतको बलमा सबैलाई पछाडि पार्दै प्रथम स्थान हासिल गर्न सफल भइन्।

उक्त प्रतियोगिता दक्षिण कोरिया तेक्वान्दो संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो, जहाँ नेपाली खेलाडीको यस्तो शानदार सफलताले सम्पूर्ण नेपाली समुदायलाई गौरवान्वित तुल्याएको छ।

IMG_7597-1752937088.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्