नेभिगेशन
भलिबल

प्रथम गोरखा कप भलिबल प्रतियोगिता २०२५ जुन ८ मा हुने

दक्षिण कोरिया,नेपाल गोरखा परिवार दक्षिण कोरियाको आयोजनामा हुन गहिरहेको "प्रथम गोरखा कप भलिबल २०२५ कप" २०२५ जुन ८ मा हुने भएको छ।प्रतियोगिता Ajou University, Suwon  को इनडोर कर्भड हलमा ठिक बिहान ८ बजे बाट शुरू हुने भनिएको छ।

प्रतियोगितामा पहिलो स्थान ले २० लाख वोन  ट्रफी  मेडल र प्रमाणपत्र दोस्रो स्थानले  १२ लाख वोन  ट्रफी  मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने तेस्रो हुनेले ४/४ लाख वोन र प्रमाणपत्र प्राप्त गर्ने छ।त्यसैगरी विशेष पुरस्कारहरू उत्कृष्ठ खेलाडीले  १ लाख वोनबेष्ट स्पाइकर, बेष्ट लिबेरो, बेष्ट लिफ्टर हरुले  जनही ५०,००० - ५०,००० वोनको दरले पुरुस्कार रकम प्राप्त गर्ने छन्।

टिम दर्ता खुल्ला गरिसकेको  जनकारी गराउँदै टिम दर्ता शुल्क  ३ लाख ५० हजार वोन तोकिएको र यथाशिक्र टिम दार्ता गरी सहयोग गरिदिनुहुन खेल संयोजक मुकेश सेन्चुरिले अव्हान गर्नुभएको छ। भने   दर्ता शुल्क दिइएको बैङक खाता IBK bank AC NO 21510568604016 /고르카패밀리 코리아/gorkhafamily korea) मा जम्मा गर्न सेन्चुरिले आग्रह समेत गर्नुभएको छ।

टिम दर्ता भने जुन १ तारिक आइतबार दिउँसो १२ बजे सम्मालाई समय तोकिएको र थप केही समस्या वा जनकारीका लागिखेल सयोजक मुकेश सेन्चुरि लाई दिएको नम्बरमा सम्पर्कका लागि 010 -6891 1344 अनुरोध समेत गर्नु भएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्